फेवाफांटका स्थानियद्धारा महानगरमा धर्ना

पाेखरा | जेठ २९, २०८०

फेवाफांटका स्थानियद्धारा महानगरमा धर्ना

पोखरा: फेवाफांटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफांटका स्थानियहरुले फेवाफांट संघर्ष समिति बनाएर पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै फेवाफांटमा वर्षौदेखी खेती गर्दै आएका स्थानियहरुले महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन । 

 
फेवाफांटको जग्गालाई पोखरा महानगरपालिकाले आबास र कृषि गरी छुट्याइरहदा आबासमा परेका ब्याक्तिहरुले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुवानमा परेको भन्दै महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन ।

 

महानगरले आबास र कृषि गरी जग्गा छुट्याइएकै कारण आबासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले आफुहरुको जग्गा होचो भागमा परी पानी जमेर खेतीपाती गर्न समेत गाह्रो परेकै कारण वर्षा अगावै महानगरमा ध्यानाकर्षण गराउन आएको स्थानिय देवीलाल लामिछानेले बताएका छन् ।

 

महानगरको दोहोरो नियमका कारण आफुहरु मर्कामा परेकै कारण महानगरमा धर्ना दिनुपरेको वताउदै लामिछानेले फेवाताल संरक्षणको नाममा धन्दा चलाउनेहरुले बास्तबिक पिडितहरु झनै पिडित बनेको बताए । लामिछाने आयोग र पुण्य पौडेलको प्रतिवेदन अनुसार आफुहरुको जग्गा फेवातालमा नपर्ने उनको भनाइ रहेको छ ।

 

चारकिला भित्रको जग्गालाई आवास बनाउनेहरुले आफुहरुलाई दिनानुदिन दुख दिने काम भइरहेको र सिमसार भनेर केही काम गर्न नदिएको बताए । चार किल्ला भित्रको जग्गालाई संरक्षण गर्न नसक्नेहरुले केही ब्याक्तिहरुको लहडमा लागेर सिमसार भनी कोहीलाई पाखा र कोहीलाई काखा बनाउने तयारी समेत भइरहेको र त्यसो गरिए आफुहरुले आन्दोलनलाई कडा रुपमा अगाडि बढाउने समेत चेतावनी दिए ।  

 

लामिछाने जस्तै धर्नामा सहभागी कुलप्रसाद तिमिल्सिनाले महानगरले आबासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको वताए । फेवाफांटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आबास र कसैको कृषिमा पारेकै कारण आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ ।

 

त्यसो त आफुहरुले आफ्नो जग्गालाई कृषि प्रयोजनको लागी माटोले पुरेर प्लटिङकै बरावर बनाइ खेती गर्न पाउनुपर्ने स्थानियको माग छ । स्थानियहरुले युवा ब्यवशायी युवराज खतिवडालाई माटो पुर्नका लागी नियमअनुसार काम लगाउदा उनको डोजर र ट्रिपर नियन्त्रणमा लिनु दुखद भएको स्थानिय निर्मला तिमिल्सिनाले वताइन । तिमिल्सिनाका अनुसार कृषि प्रयोजनका लागी माटो पुर्दा ब्यवशायीको सवारी साधन नियन्त्रणमा लिनुभन्दापनि आफुहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न चुनौती समेत दिए । 

 

धर्ना कार्यक्रममा पुगेका युवा ब्यवशायी युवराज खतिवडाले आफुले स्थानियहरुको माग अनुसार नै महानगरले कृषि भनेर तोकेको क्षेत्रमानै माटो पुरेको बताए । स्थानियले आफुलाई माटो पुरिदिन आग्रह गरेको र आफुले नियम अनुसारनै माटो पुरेको तर पछिल्लो समय अन्य प्रयोजनको लागी बाटोमा हिडिरहेको आफ्नो सवारीलाई महानगरले नियन्त्रणमा लिएर अनाहकमा स्टन्टबाजी गरेको खतिवडाको भनाइ रहेको थियो ।  

 

स्थानियले भने आफुहरुको सुनुवाई नभएसम्म आन्दोलनका कार्यक्रमलाई शसक्त ढंगले अगाडी बढाउने र त्यसको सम्पूर्ण जिम्मा महानगरले लिनुपर्ने अडान राखेका छन ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्